Author: सडक संचार
१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ । विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार बढी भीडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ । विगतमा साँघुरो भई बढी भीड हुने क्षेत्रलाई विस्तार गरिएको हो । त्रिभुवन विमानस्थल भित्र अहिले विभिन्न भौतिक संरचना सुधारमा काम […]
१६ पुस, २०८०, काठमाडौ । काठमाडौं। सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन्। प्रहरीले माइतीघर मण्डलाबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको हो। धोती दिवस मनाउन माइतीघर मण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीसहित, जनमत पार्टीका अध्यक्ष सिके राउत र पार्टीका अरू नेताहरू पनि पक्राउ गरेको छ। प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा […]
१६ पुस, २०८०, काठमाडौ । प्यूठान नगरपालिकाका बिभिन्न स्थानबाट आईतबार एकसय ५० बढि ब्यक्ती बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् । त्यस अवसरमा उनले जनताले माओवादीलाई रुचाएकाले नेतृत्व जनतासंग जोडिनुपर्ने बताए । जनतासंग माओवादी बिशेष रुपान्तरण […]
१६ पुस २०८०, काठमाडौं– २ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो। समितिको सोमबार सिंहदरबारमा बसेको […]
काठमाडौं पुस १६- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललतिपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी र […]
१५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । मेसिन जडान गर्न आवश्यक सामग्रीहरु खरिद गर्ने काम भइसकेको भन्दै उनले आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन […]
काठमाडौँ १५ पुस २०८० – नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ। आईतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन्। उनले […]
काठमाडौ, १५ पुष २०८० – पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए […]
१- ललितपुरका सिडिओ, एसएसपी र इपिएस शाखाका निर्देशक जिम्मेवारीमुक्त २- जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी र मन्त्री प्रकाश ज्वालाका पिएसओ निलम्बनमा ३- मृतकका परिवारलाई जनही १० लाख क्षतिपूर्ति ४- नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन काठमाडौ, १५ पुष २०८० – बालकुमारी घटनालाई सरकारले गम्भीरतापुर्वक लिएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले घटना […]
काठमाडौ, १४ पुस, २०८०। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को तेश्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट विष्नु प्रसाद चौलागाईंको नेतृत्वमा १३ जनाको समिति गठन भएको छ। जस अन्तर्गत सचिवमा राजन कार्की, सह-सचिवमा नकुल पौडेल र कोषाध्यक्षमा धन कुमारी राई चुनिएक छन । त्यसैगरी उपाध्यक्ष भने चुन्न बाँकी रहेको माओवादी केन्द्र […]