फेसबुक मार्फत दिपेश पुनको प्रस्टीकरण: मेरो फ्रिमा प्रचार गरिदिएकोमा धन्यवाद छ !

काठमाडौं । रवी लामिछाने सहित सहकारी ठगि प्रकरणमा नाम जोडिएर आएपछी अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले फेसबुक मार्फत आफ्नो प्रस्टीकरण दिएका छन् ।
उनले लेखेका छन्, मेरो फ्रिमा प्रचार गरिदिएकोमा धन्यवाद, जुन संस्थाबाट मैले ५० लाख लोन लिएको कसरी देखियो त्यो लोन बारेमा नै मैले संवन्धित संस्था र निकायसंग बुझेर यदि लिएको प्रमाणित भएकोखन्डमा म तिर्न तयार छु ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, अखिल क्रान्तिकारीका नेता दीपेश पुनसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको हो ।
पोखरा ४ को सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप अनुसन्धान सुरु भएको हो । पूरक जाहेरी पुरानै मिसिलमा थपेर अनुसन्धान लागिएको प्रहरीले जनाएको छ ।
सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी दिएका हुन् ।
सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने उनीहरुले माग छ । पीडितले थप १४ संस्थाहरु विरुद्ध पनि जाहेरी दिएका छन् ।
फेसबुकमार्फत प्रस्टीकरण गरेका दिपेश पुन लेख्छन:
जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सुचना आह्वानगरी छानविन भई अदालतमा मुद्वा चलिरहेको छ। त्यो संस्थाको म न संचालक,न म त्यो संस्थाको व्यवस्थापक, न म त्यो संस्थाको कर्मचारी । न म त्यो संस्थाका संवन्धितहरुसंग कुनै पेशा व्यवसायमा साझेदारी तै पनि सारा धर्ती आकाश मैले नै हल्लाएको जसरी नाम र फोटो आउछ। मेरो नाम र फोटो राखेर मेरो फ्री मा विज्ञापन भएकोमा म खुसी नै छु। जुन संस्थाबाट मैले ५० लाख लोन लिएको कसरी देखियो त्यो लोन बारेमा नै मैले संवन्धित संस्था र निकायसंग बुझेर यदि लिएको प्रमाणित भएकोखन्डमा म तिर्न तयार छु भनेर यो भन्दा अगाडी सार्वजनिक रुपमा क्लिएर गरेको छु।
वैङ् वा संहकारीको रिणीहरुले रिण लिएको छ भने त्यो रिण तिर्ने र यदि नतिरेको खन्डमा उक्त रिण उठाउन त्यसको आफ्नै प्रक्रिया छ र म त्यो अनुसार रिणीको रुपमा प्रमाणित भएमा तिर्न तयार नै छु तर जसरी म जस्तै ६/७ रिणी देखिएको उक्त संस्थामा मलाई नै केन्द्रित गरेर पुरक निवेदनको नाममा निवेदन दिन कसको दबाब,प्रभाव र निर्देशन छ त्यो पनि म राम्रो जानकार छु।कानुनीराज्यमा कानुनी काम गरेपछि अन्तिम रक्षा र फैसला कानुनी रुपमा नै हुन्छ।मैले मेरो बारेमा उठेका हरेक प्रश्नको जफाब सप्रमाणसहित संवन्धित निकायमा गएर उभिएको छु।हिजो ,आज र भोली पनि तयार छु।निष्पक्ष रुपमा छानविन होस् यसको लागि म संवन्धित विकायलाई सहयोग गर्न सदैब तयार छु। धन्यवाद