Close sidebar

राजतन्त्रको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

५ माघ २०८०, काठमाडौ — थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो।

थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो ।

थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने ‘लिज म्याजस्टी’ कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुन: लागू गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ । सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई लिज म्याजस्टी कानुनअन्तर्गत कारबाही गरिएको छ ।

भर्खरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *