दाङमा माओवादीको लहर फर्काउदै मास्की: फेरी दश दर्जन नेताकार्यकर्ता माओवादीमा प्रवेश

२८ पुस, दाङ । दाङ जिल्लाका बिभिन्न स्थानबाट एकैदिन दश दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।
नेकपा (माओवादी)केन्द्र तुलसीपुर उपमहानगरपालिका सात नम्बर वार्डको जनसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा आठ दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसैगरी नेकपा (माओवादी)केन्द्र तुलसीपुर उपमहानगरपालिका ३ नम्बर वार्डबाट २ दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
यसैबीच आज भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि मास्कीले जनताका आवश्यकताको सम्बोधनलाई सकेसम्म पुरा गर्दै सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भएको थियो । यो अभियानमा जोडिन आउनुहुने सबैलाई हृदयदेखि नै स्वागत गर्दछु साथै तपाइँहाम्रा र समाजका हरेक सुख:दुखमा साथमा रहदै दाङको समग्र विकासमा क्रियाशील रहने छु, मन्त्रि मास्कीले कार्यक्रमलाई सम्बोधन गर्दै भने । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेशुराम भण्डारी, प्रदेश कमिटि सदस्य प्रभात छेत्री, तुलसीपुर उपमहानगरका नेताहरु तुलाराम भण्डारी, यज्ञ केसी, घनश्याम डाँगी, बिरेन दंगाली लगायतको उपस्थिति थियो ।
पछिल्लो समय दाङ जिल्लामा मास्कीको सक्रियता एकदमै बढेको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीको भूमिका सम्हालिरहेका मास्कीको सक्रियतापछी दाङ जिल्लामा मात्रै झन्डै २ हजारबढीले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसैगरी केहिदिन अघि मात्र मन्त्रि मास्की प्युठान लगायत प्रदेशका बिभिन्न जिल्लापुगी बिभिन्न दलका कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।