Close sidebar

पार्टी सरकारमा रहदा कस्तो रहनुपर्छ माओवादी केन्द्रको तिन महिने अभियान ?

  • भिम बहादुर वली

हामी माओवादी हौ त्यसमा पनी क्रान्तिकारी र यतिबेला हामिले देशमा जनतासंग माओवादी विशेष रूपान्तरण अभीयान संचालन गरेका छौ। यो अभीयानले हामि जनताबाट अलगथलग छीट्टै भयौ र छीट्टै जोडीनलाई चलायका हौ। संविधान,संघियता र गणतंत्रको गुणात्मक ढंगले विकास गरेर समाजवादको जग बसाल्नु छ। समाजवादको जग नै बसाल्ने हो भने निम्न कामहरू हामिले चेतनागत र बस्तुगत हीसावले पुरा पनी गर्नु छ तवमात्र व्यवहारमा समानता देख्दै जाने छौ।

पहीलो कुरा, प्रयोगकाे हीसावले उत्पादनलाई पकडेर आफै रोजगारि बन्ने,अरूलाई मात्र भयपनी स्वरोजगारी बनाउने , साझेदारी र सामुहिक उत्पादन बाट परीणाम दिनेगरी कामको थालनी हामीहरूले अभीयानकै क्रममा कती गर्यौ त त्यसको लेखा राख्न जरूरी छ। परम्परागत हीसावको संगठन,नविकरण,स्कुलीङ,प्रशीक्षण,भेला,सभा,पार्टी प्रवेस र जनताको घरघर जाने र सल्लाह लिने तर प्रयोगमा नल्याउने तरिकाको आजको कार्यशैली हीजोको भन्दा कमजोर छ। हीजोको होलटाईमरले गरेको काम आजको पार्टटाईमार बाट गुणात्मक रूपले बढि गर्नुछ जसका लागी आर्थिक उपार्जनको योजना निर्णयमा सीमीत भयका कारण गतिसीलतामा कमी आएको छ।

आज उत्पादनकै हीसावले चीन,रूस र अमेरिका भयका हुन तर हाम्रो तरिकाले अग्रगमन भन्दा पस्चगमनको संकेत गर्दैछ। अभीयानकै क्रममा उत्पादन आफैले गरेर इंधन खर्च, स्कुलिङ,भेला,संचार र खानपान हामि कतीले कती उत्पादन गरेर खर्च गर्यौ त यही हो लेखा राख्ने र जनतामा रूपान्तरित भयर जाने भनेको। जनताको घरमा खाने जनदिशा लागु गर्ने भनेको पुरानो कार्यदीशा हो नयाॅ भनेको एउटा टोलमा गयर हाम्रो उत्पादन जनतालाई उपभोग पनी गराउने हो। जनताबाट लिने मात्र दिन नपर्ने भयसी कसरी जनजनमा र मनमनमा माओवादी हुन्छ ?

दोश्रो कुरा उत्पादन संग जोडीयको दर्शन,समाज,अर्थ र सॅस्कृती जनतालाई चाहीयको छ। मेसो नपायका जनतालाई मेसो तथा योजना दीनु छ र त्यो योजनामा आफै माओवादी पनी लागेको देख्ने मन छ आज जनतालाई तव न हुन्छ ,जनतासंग माओवादी विशेष रूपान्तरण। एकछीन जनता जम्मा गर्यो कुरा सुन्ने र आफुले ब्याख्या गर्ने,मंचमा अतिथी बन्ने र घरमा सकभर बास बस्न जाने सकियन भने आफन्त र अली हुनेखानेकामा सेल्टर लिने राम्रै डीनर गरेर सुत्ने। घरैछोडेर हीडेका केन्द्र देखी तलका हामी नेताहरूले गर्ने काम यस्तै छ।

नयाॅ तरिकाले हामी नेताहरू कृषीमा कती उत्पादन गरेर गयौ त, पशुपंक्षी उत्पादन र उद्धोग कति सुरू गरेर जनतासंग जोडीयौ त जो जोडियौ त्यही हो रूपान्तरण जो जोडीयको छैन सुरू गर्ने जस्लाई देखाउनका लागी होईन नीरन्तरता दिने र कमाउने हो। उत्पादनमा एक पटक लागेर हरेस खायर भागे झै हो आजको संगठन बनाउने तरिका चारमहीना होईन क. माओले भनेझै समाजवादको जग बसाल्ने हो भने नीरन्तर क्रान्तीको शीद्धान्तमा आधारित हुन जरूरी छ।

तेश्रो कुरा पार्टी सरकारमा भयका समयमा अभीयान चलिरहेको छ त्यसैले जनतासंग सरकारको सहभागितालाई आजकोले पुगेको छैन यो मात्रात्मक र हात्तीको देखाउने दाॅत जस्तो छ साॅच्चै गुणात्मक ढंगले जनताहरूका मागहरूको संबोधन गर्नेगरी जान जरूरी छ। टोल र गाउका आधारभुत जनताका जे समस्याहरू छन यही हीउदे अधिवशनबाट संबोधनको थालनी गरियको हुनपर्छ त्यही नै हो जनताको सरकार। सकारात्मक कदम चालेको संघिय र प्रदेस सरकारका कामहरूको जनतालाई जानकारी दीनु र सहयोगको अपेक्षा लिनु नै जनतासंग जोडीनु हो। स्थानिय जनप्रतिनीधीहरूलाई पनी प्रत्यक्ष जनतासंग जोडनलाई माथीकाले पहल गरिनु पर्ने छ यदाकदा यो पाटोमा कमी हुदैगयको छ।

सारमा हामीबाटै,हाम्रै जिवनमा हामी रूपान्तरण भयर हामीले समाजवादको जग वसाउनु छ। अरूको आषा भरोसा लिन छोडनु हुदैन गर्ने आफैबाट हो सोही दर्शनको विकास,आत्मनीर्भर अर्थतंत्रको विकास,प्रतीगामी सामाजिक बर्गसंगको संघर्ष र समग्रमा मेलखाने सॅस्कृती हाम्रै हुनपर्छ।।

(वली नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य हुनुहुन्छ)

भर्खरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *